images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • त्रिभुवन विश्वविद्यालयले ल्यायो २८ अर्ब १२...

त्रिभुवन विश्वविद्यालयले ल्यायो २८ अर्ब १२ करोड बजेट

त्रिभुवन विश्वविद्यालयले ल्यायो २८ अर्ब १२ करोड बजेट

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं। त्रिभुवन विश्वविद्यालयको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट पास गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिवि सभाले आगामी आर्थिक वर्षको बजेट पास गरेको हो ।जिस्ट्रार प्राडा केदारप्रसाद रिजालले सभामा बजेट वक्तव्य प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको बजेट जुन चालु आर्थिक वर्षको तुलनामा ७.४८ प्रतिशतले बढी हो ।

    images
    images

    उक्त बजेटमा त्रिविको आफ्नै स्रोतबाट ४९.३९ प्रतिशत र नेपाल सरकारबाट ५०.६१ प्रतिशत हुनेछ । त्रिविले आन्तरिक स्रोतबाट १३ अर्ब ८८ करोड ९३ लाख ७२ हजार र नेपाल सरकारबाट १४ अर्ब २३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।कुल बजेटको ८५.१२ प्रतिशत र पुँजीगत खर्चतर्फ कुल प्रस्तावित बजेटको १४.८८ प्रतिशत हुन आउनेछ ।

    नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १२ अर्ब ८१ करोड ५५ लाख ४१ हजार रुपैयाँ अनुदान छुट्याएको छ । उक्त रकमको अवस्थालाई हेर्दा प्रस्तावित बजेटमा १ अर्ब ४२ करोड ९ लाख ८ हजार रुपैयाँ कम हुने देखिएको छ ।महँगी भत्ता वृद्धि गरे अनुरूप त्रिविका शिक्षक तथा कर्मचारीका लागि सोही व्यवस्था अनुसार उपलब्ध गराउनुपर्ने भत्ता र यस वर्षको आवश्यक ग्रेड रकम समावेश नगरिएको रजिस्ट्रार रिजालले बताए ।त्यसका लागि आवश्यक थप रकम करिब ६३ करोड र बाँकी न्यून बजेट ७९ करोड ८ लाख ८ हजार गरी कुल १ अर्ब ४२ करोड ०८ लाख ०८ हजार नेपाल सरकारबाट थप व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । उक्त रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा सञ्चालन खर्चमा व्यवस्था भएको रकम कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना हुने उनको भनाई थियो ।

    images
    images

    शिक्षक तथा कर्मचारीलाई प्रविधिमैत्री बनाउँदै दक्षता अभिवृद्धि गर्नका निम्ति तालिम, सेमिनार तथा गोष्ठीका लागि १७ करोड ४३ लाख ४० हजार विनियोजन गरिएको छ । अनुसन्धान तथा विकासका लागि यो वर्ष ३७ करोड ७ लाख २३ हजार छुट्याएको छ ।कूल बजेटको १.३१ प्रतिशत रकम अनुसन्धान कार्यमा खर्च गर्ने व्यवस्था मिलाएको छ । यस वर्ष सूचना प्रविधि प्रशासनिक संयन्त्र व्यवस्थापनको लागि २ करोड विनियोजन गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend