images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • नोकियाको मोबाइल बेच्ने टेलिटक कम्पनीको व्यापार...

नोकियाको मोबाइल बेच्ने टेलिटक कम्पनीको व्यापार ३९ प्रतिशतले घट्यो

नोकियाको मोबाइल बेच्ने टेलिटक कम्पनीको व्यापार ३९ प्रतिशतले घट्यो

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठामाडौं । नेपालमा नोकिया ब्रान्डको मोबाइलफोन आयात गरी बजारमा बिक्री गर्दै आएको टेलिटक कम्पनीको व्यापार ३९ प्रतिशतले घटेको छ ।कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ३९ प्रतिशतले घटेको हो ।कम्पनीले सन् २०२३ मा ९० करोड रुपैयाँको व्यापार गरेको थियो । तर गत आर्थिक वर्षमा कम्पनीले ५४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

    images
    images

    कम्पनीले सन् २०२२ मा १ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।तथ्यांकअनुसार कम्पनीको व्यापार हरेक वर्ष उच्च दरले घटिरहेको पाइएको छ । सन् २०२२ मा ३३ प्रतिशतले घटेको व्यापार सन् २०२३ मा ३७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ देखि सन् २०२४ सम्ममा ६१ प्रतिशतले व्यापार घटेको जनाएको छ ।कम्पनीले व्यापार घट्नुको मुख्य कारण कलर्स ब्रान्डको मोबाइलफोनको व्यापार कम रहनु हो । कम्पनीले सन् २०२४ देखि उक्त ब्रान्डको मोबाइलफोन बिक्री बन्द गरेको जनाएको छ ।

    सन् २००८ मा स्थापना भएको कम्पनी नेपालका लागि नोकिया ब्रान्डको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीले नोकिया ब्रान्डसहित बोट ब्रान्डको सामग्री पनि बिक्री गर्छ । कम्पनीमा राहुल गुप्ता, प्रतिक जलन र सञ्जय अग्रवालको स्वामित्व छ । रमेश कर्पद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५७ करोड ४६ लाख रुपैयाँको रेटिङ गराएको छ ।कम्पनीले दीर्घकालीन कर्जाका लागि १८ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४६ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend