images

२०८३ आश्विन १९ गते

images
images
images

८ महिनामा टायर बेच्ने एसटीसी अटोले गर्‍यो साढे ७३ करोडको व्यापार

८ महिनामा टायर बेच्ने एसटीसी अटोले गर्‍यो साढे ७३ करोडको व्यापार

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं । एसटीसी अटो प्रालिले चालु आर्थिक वर्षको ८ महिनामा ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।कम्पनीले सन् २०२४ मा १ अर्ब १८ करोड ९० लाख, सन् २०२३ मा १ अर्ब १० करोड २० लाख, सन् २०२२ मा १ अर्ब १८ करोड ४० लाख र सन् २०२१ मा १ अर्ब १७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    कम्पनी नेपालको लागि सिट ब्रान्डको टायरको आधिकारिक बिक्रेता हो । कम्पनीले विशेष गरी दुई पाङ्ग्रे सवारी साधनको टायर बिक्री गर्दै आएको छ ।कम्पनीको देशभर तीनवटा शाखा कार्यालय छन् भने २५ भन्दा बढी डिलर छन् । कम्पनीमा प्रबन्ध निर्देशक सुरेन्द्र के उप्रेती र अध्यक्ष भोलेश्वर दुलालको बराबर स्वामित्व छ ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    कम्पनीअनुसार सन् २०२५ मा गरेको व्यापारमध्ये ३३ प्रतिशत आम्दानी दुई पाङ्ग्रे सवारी साधनको टायर सेग्मेन्टबाट मात्रै भएको उल्लेख गरेको छ । त्यसबाहेक ३२ प्रतिशत आम्दानी व्यवसायिक सवारी साधन सेग्मेन्ट र २९ प्रतिशत निजी सवारी साधन सेग्मेन्टबाट भएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend