images

२०८३ आश्विन १९ गते

images
images
images

बकैया गाउँपालिकाले गर्‍यो ७५ प्रतिशत बजेट खर्च

बकैया गाउँपालिकाले गर्‍यो ७५ प्रतिशत बजेट खर्च

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७५.३५ प्रतिशत खर्च गरेको छ । बकैयाले चालु आर्थिक वर्षका लागि कुल ९३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरेकामा तेस्रो त्रैमासिक अवधिमा ४८ करोड ५० लाख ८ हजार रुपैयाँ खर्च गरेको हो । बकैयाले कुल खर्चमध्ये पुँजीगत शीर्षकमा २१ करोड ७२ लाख ८४ हजार रुपैयाँ (४४.८२ प्रतिशत) खर्च गरेको जनाएको छ । यसैगरी चालु शीर्षकतर्फ २६ करोड ७७ लाख २४ हजार रुपैयाँ (५५.१८ प्रतिशत) खर्च गरेको छ ।

    images
    images

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार सार्वजनिक वित्तीय पारदर्शिता कायम राख्ने उद्देश्यले वार्षिक खर्च विवरण सार्वजनिक गरिएको हो । आम नागरिकलाई गाउँपालिकाको आय–व्यय सम्बन्धी अवस्था बुझ्न सक्ने अवसर प्रदान गर्न खर्च विवरण सार्वजनिक गरिएको उनले बताए । बकैयाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्व बढाउने तर्फ केन्द्रित भएर काम गरिरहेको उनको भनाइ छ ।

    विकास योजनाहरूलाई कार्यान्वयन गर्दा बकैयाले स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकता दिएको उनले बताए । बकैयाले आगामी आर्थिक वर्षका लागि भने ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend