images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • कुपिण्डे नगरपालिकाले गर्‍यो ७१.२५ प्रतिशत बजेट...

कुपिण्डे नगरपालिकाले गर्‍यो ७१.२५ प्रतिशत बजेट खर्च

कुपिण्डे नगरपालिकाले गर्‍यो ७१.२५ प्रतिशत बजेट खर्च

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ७१.२५ प्रतिशत रकम खर्च गरेको छ ।नगरपालिकाले यो वर्ष ७४ करोड ७८ लाख ६३ हजार रुपैयाँ बराबरको कुल बजेट ल्याएको थियो ।त्यसमध्ये ५३ करोड २८ लाख ६७ हजार अर्थात ७१.२५ प्रतिशत रकम खर्च भएको नगरपालिकाका वरिष्ठ लेखा अधिकृत दिनेश भण्डारीले बताए ।

    images
    images

    नगरपालिकाले विकास बजेटभन्दा चालु बजेट नै बढी खर्च गरेको छ । चालुतर्फ यो नगरपालिकाले ४७ करोड ३१ लाख ८९ हजार रुपैयाँ विनियोजित गरेकोमा असार मसान्तसम्म ३६ करोड १९ लाख ७० हजार रुपैयाँ खर्च भएको छ, जुन कुल चालु बजेटको ७६.५ प्रतिशत हो ।

    तर विकास बजेट भने चालु भन्दा न्यून कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ यो वर्ष २७ करोड ४६ लाख ७४ हजार विनियोजन भएकोमा १७ करोड ८ लाख ९६ हजार मात्रै कार्यान्वयनमा आएको भण्डारीले बताए । जुन पुँजिगत बजेटको ६२.२२ प्रतिशत हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend