images

२०८३ आश्विन १८ गते

images
images
images

रसुवागढीको पुल भत्किँदा सवारी आयात ठप्प, चाडपर्वमा अभाव हुन सक्ने

रसुवागढीको पुल भत्किँदा सवारी आयात ठप्प, चाडपर्वमा अभाव हुन सक्ने

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीस्थित मितेरी पुल हालैको बाढीपहिरोले क्षतिग्रस्त भएपछि नेपाल भित्रिने सवारीसाधनको आयात ठप्प भएको छ । नेपाल भित्रिने कुल सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी यही नाकाबाट आयात हुने हुँदा आगामी दशैं-तिहार जस्ता चाडपर्वको मुखमा बजारमा गाडीको गम्भीर अभाव सिर्जना हुने देखिएको छ । 

    images
    images

    नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एक विज्ञप्ति जारी गर्दै पुल भत्किएका कारण आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको जनाएको छ । नाइमाका अनुसार चिनियाँ भन्सारबाट जाँचपास (क्लियर) भइसकेका गाडीहरू समेत पुल नहुँदा नेपाल प्रवेश गर्न सकेका छैनन् र सीमापारि नै अलपत्र परेका छन् । “नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रूपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ,” विज्ञप्तिमा भनिएको छ । विशेषगरी दशैं-तिहारको समयमा सवारीसाधनको माग उच्च हुने गर्दछ । यही समयमा आयात रोकिँदा यसले समग्र अटोमोबाइल बजारलाई नै गम्भीर असर पार्ने व्यवसायीहरूको चिन्ता छ । नाइमाले भनेको छ, “चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ ।” 

    एसोसिएसनले पुल भत्किएर सिर्जित अवस्थाले मानवीय क्षति मात्र नभई देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पारेको भन्दै सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । नाइमाले तत्काल पूर्वाधार पुनर्निर्माण गरी आपूर्ति प्रणालीलाई सहज बनाउन र विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता दिनसमेत सरकारसँग अनुरोध गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend