images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल एसबीआई बैंकको ३२औं वार्षिकोत्सव

नेपाल एसबीआई बैंकको ३२औं वार्षिकोत्सव

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • काठमाडौं । नेपाल एसबीआई बैंकले मंगलबार ३२औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना पनि गरेको थियो ।  यस अवसरमा बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । 

    images
    images

    साथै, उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारीवहन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकामा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे । 

    प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोही दिन काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो । साथै, फरक सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा ह्विलचेयर वितरण गरिएको छ । नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हालै सञ्चालनमा आएको बेलबारी शाखा, मोरङसहित १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend