images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...

सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • सुर्खेत । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रम मार्फत सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घोषणा गरेका हुन् ।

    images
    images

    भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेको प्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि आग्रह गरे । कार्यक्रममा बोल्दै उनले बदलिएको व्यवस्था पश्चात् स्वास्थ्य जनशक्ति बढे पनि स्वास्थ्य सूचकहरूमा सुधार आउन नसकिरहेको टिप्पणी गरे ।सुर्खेतमा बढ्दो बसाइसराइका कारण वीरेन्द्रनगर जस्ता स्थानीय तहहरूमा चुनौती थपिएकोले स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारीपन आवश्यक रहेको पनि उनको भनाइ छ ।

    सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले रोगहरूको निदानका लागि सहज भएको बताए ।प्रदेश खोप समिति संयोजक एवम् सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए ।  स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।

    images
    images

    जिल्ला खोप समन्वय अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको बताए ।सुर्खेतमा ०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो । ०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend