images

२०८३ कार्तिक ७ गते

images
images
images

भारत र भुटानमा क्यूआरबाटै अन्तर्देशीय भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले ल्यायो

भारत र भुटानमा क्यूआरबाटै अन्तर्देशीय भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले ल्यायो

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ १४ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ १४ २०८१
  • नेपाल राष्ट्र बैंकले अन्तर्देशीय भुक्तानी क्यूआर स्क्यानबाटै गर्न सकिने व्यवस्था गरेको छ।

    images
    images

    राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले भुक्तानीसम्बन्धी एकीकृत परिपत्र संशोधन गदै नेपाल र भारतबीच क्यूआरबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

    राष्ट्र बैंकले नीतिगत रुपमा यस्तो व्यवस्था गरेको हो । अब नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा भएको बैक खातामा आवद्ध विद्युतीय बैंकिङ्ग (इ–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोवाइल बैंकिङ, क्यूआर कोर्डबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा पैसा पठाउन सक्नेछन् । 

    images
    images

    परिपत्रमा नेशनल पेमेन्ट स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट कारोबार गर्न सकिने जनाइएको छ। यसअनुसार रिटेल पेमेन्ट स्विचको माध्यमबाट नेपालबाट भारतीय बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भारु १५ हजार र प्रतिमहिना भारु १ लाख रुपैयाँसम्म सटही गर्न सकिनेछ। 

    राष्ट्र बैंकले परिपत्रमा भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खाताको क्यूआर कोडबाट पनि भारत र भुटानमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो। यसअगाडि कार्डबाट मात्रै भुक्तानी गर्न सकिने व्यवस्था थियो। 

    अन्तर्देशीय भुक्तानीलाई सहज बनाउँदै राष्ट्र बैंकले भारत र भुटानबाट भित्रिने रेमिट्यान्स समेत बैक खाता वा वालेटमा सोझै भुक्तानी गर्न सकिने उल्लेख गरेको हो। यस्तो अवस्थमा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत नेपाली रुपैयाँमा मात्र रकम प्राप्त गर्न सक्नेछन्। 

    यसअघि भारतीय रुपैयाँ वा परिवत्र्य विदेशी मुद्राको कारोबार सुरु गरेका बैंक तथा वित्तीय सस्थाले राष्ट्रिय भुक्तानी स्विचमार्फत परिचालन गराउने सम्बन्धमा आआफ्नो कार्ययोजना पेस गर्नुपर्नेछ। 

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा आएको ६ महिनाभित्र पेस गरिसक्न निर्देशन दिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend