images

२०८३ आश्विन २० गते

images
images
images

के तपाई पनि दाँत माझ्ने ब्रस ट्वाइलेटमा राख्नु हुन्छ ?साबधान!

के तपाई पनि दाँत माझ्ने ब्रस ट्वाइलेटमा राख्नु हुन्छ ?साबधान!

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • दाँत सफा राख्न हरेक दिन दुई पटक ब्रस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो गुणस्तरको ब्रस प्रयोग गर्नुपर्छ ।दन्त चिकित्सकहरूका अनुसार हरेक २–३ महिनामा ब्रुस फेर्नुपर्छ ।  

    images
    images

    प्रायः हामी दाँत माझेपछि ब्रसलाई बाथरुममा राखिदिन्छौँ । तर यस्तो गर्नु मुखको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । खासगरी बाथरुम र शौचालय एकै ठाउँमा छ भने ब्रस त्यहाँ राख्नै हुन्न । ब्रस शौचालय वा बाथरुममा राख्न नहुने दन्त चिकित्सकहरू बताउँछन् । शौचालयमा फेकल ब्याक्टेरिया दिशामा पाइने ब्याक्टेरिया) धेरै हुन्छ । यो हावाबाट ब्रसमा जम्मा हुन थाल्छ । बाथरुम ओसिलो हुन्छ । ओसका कारण बुरुसमा ढुसी पर्ने खतरा हुन्छ । 

    ट्वाइलेट जोडिएको बाथरुममै राखियो भने पनि फेकल ब्याक्टेरिया मुखबाट रगतमा पुग्न सक्छ । यसबाट मुखको स्वास्थ्य त बिग्रन्छ नै समग्र स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । अन्य कयौँ प्रकारका सङ्क्रमणले सताउन सक्छ ।  ब्रस स्ट्यान्ड पनि कहिल्यै ट्वाइलेट सिटको नजिक राख्नु हुँदैन ।शौचालय वा बाथरुममै राख्नु पर्‍यो भने पनि ब्रसलाई सधैँ छोपेर राख्ने गर्नुपर्छ । प्रयोग गर्नु अघि पानीले राम्ररी धुनुहोस् । पानीले धुँदा बुरुसको ब्रिस्टलमा फसेका ब्याक्टेरिया बाहिर निस्कन्छन् । 

    images
    images

    प्रयोग गरेपछि ब्रसलाई राम्ररी धोएर छोपेर राख्नुहोस् । यसले ब्याक्टेरियाबाट धेरै हदसम्म ब्रसलाई जोगाउन मद्दत मिल्छ । दाँतमा कुनै खालको समस्या देखिने बित्तिकै तुरुन्तै दन्त चिकित्सकको सल्लाह लिनुस् । दाँतको विषयमा कुनै लापरबाही नगर्नुहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend