images

२०८३ आश्विन १९ गते

images
images
images

११ महिनामा अन्य देशलाई बेचियो करिब साढे दुई खर्बको सामान

११ महिनामा अन्य देशलाई बेचियो करिब साढे दुई खर्बको सामान

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । पछिल्लो ११ महिनामा अन्य देशलाई करिब साढे दुई खर्बको सामान बेचेको रिपोर्ट सार्वजनिक भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको ११ महिनामा निर्यात गत वर्षको तुलनामा ७७.८ प्रतिशतले बढेको छ । जसअनुसार कुल निर्यात २ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बराबरको सामाना बेचेको राष्ट्र बैंकले जनाएको छ । यो रिपोर्ट गत जेठ मसान्तसम्मको हो ।

    images
    images

    राष्ट्र बैंकका अनुसार ११ महिनामा सबैभन्दा धेरै भारततर्फ निर्यात बढेको छ । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२.६ प्रतिशत, ३.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि भएको छ ।वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलैँची लगायतका वस्तुको निर्यात घटेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.६ प्रतिशत, १५.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ ।वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।

    images
    images

    निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।आयाततर्पm जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खब ९७ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएकोे थियो ।समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।

    यस्तै समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १६७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३७ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु.१५३२ अर्ब ९३ करोड पुगेको छ । विदेशबाट कमाएर पठाउने रकम नै विप्रेषण हो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ पतिशतले बढेको थियो । २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह रु.१७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.१२८ अर्ब ९१ करोड रहेको थियो ।

    मीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend