images

२०८३ आश्विन १९ गते

images
images
images

वैदेशिक अध्ययनमा जानेले ११ महिनामा खर्चिए एक खर्ब २४ अर्ब

वैदेशिक अध्ययनमा जानेले ११ महिनामा खर्चिए एक खर्ब २४ अर्ब

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको वैदेशिक अध्ययनमा जानेले एक खर्ब २४ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोही अवधिमा भने वैदेशिक अध्ययनमा जानेले एक खर्ब १७ अर्ब १ करोड रुपैयाँ खर्च गरेका थिए । 

    images
    images

    यस्तै, विदेश भ्रमणमा जाने नेपालीले समीक्षा अवधिमा दुई खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विदेश भ्रमणमा जानेले एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ खर्च गरेका छन् ।

    सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ६.९ प्रतिशतले वृद्धि भई ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रहेको थियो ।समीक्षा अवधिमा खुद सेवा आय ९७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend