images

२०८३ आश्विन १६ गते

images
images
images

११ महिनामा भित्रियाे १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स

११ महिनामा भित्रियाे १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार ११ महिना अर्थात् साउनदेखि जेठसम्म १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    images
    images

    यो गएको वर्षको यही अवधिको तुलनामा १५ दशमलव ५ प्रतिशतले बढी हो । यो वर्षको जेठ महिनामा मात्र एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै उच्च रेमिट्यान्स हो ।यस्तै

    ११ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख ५२ हजार तीन सय २४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख आठ हजार ६७ छ ।अघिल्लो वर्षको यही अवधिमा चार लाख २१ हजार तीन सय ५६ जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ६१ हजार दुई सय १० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend