images

२०८३ आश्विन २० गते

images
images
images

मुद्रास्फीति २.७२% मा सीमितः माछामासु र मसलाको भाउ घट्यो

मुद्रास्फीति २.७२% मा सीमितः माछामासु र मसलाको भाउ घट्यो

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा जेठमा औसत मूल्य वृद्धि २.७२ प्रतिशत छ। जेठमा बजार भाउ आठ वर्ष यताकै सस्तो भएको हो।यसअघि आर्थिक वर्ष २०७४ को भदौमा मूल्य वृद्धि दर २.२८ प्रतिशत थियो।

    images
    images

    राष्ट्र बैंकको तथ्यांकले चालु आर्थिक वर्ष २०८१/८२ साउनदेखि जेठसम्मको औसत मूल्य वृद्धि ४.२४ प्रतिशत देखाएको छ। गत आर्थिक वर्षको यो अवधिसम्मको औसत मूल्य वृद्धि ५.६२ प्रतिशत थियो।यस वर्ष साउनदेखि जेठसम्ममा अघिल्लो वर्षको यही अवधिको तुलनामा घ्यु तेलमा सबैभन्दा धेरै १०.०६ प्रतिशतले वृद्धि भएको छ। गैर मदिराजन्य पेयपदार्थमा ५.१३ प्रतिशत, फलफूलमा ३.५१ प्रतिशत, दाल तथा गेडागुडीमा २.८५ प्रतिशतले वृद्धि भएको छ। 

    तर, तरकारीमा ७.०४ प्रतिशत, मरमसला ३.०६ प्रतिशतले र माछा मासुमा २.९१ प्रतिशतले मूल्य घटेको छ।  गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा ९.४३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ६.८२ प्रतिशत, शिक्षा ५.८८ प्रतिशत, घरायसी सामान तथा फर्निसिङको ५.०६ प्रतिशत र सुर्तिजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend