images

२०८३ आश्विन २० गते

images
images
images

कानुनी सुधार र बिरामीको हितका लागि एनडानको १० बुँदे निर्णय,यस्तो छ निर्णय

कानुनी सुधार र बिरामीको हितका लागि एनडानको १० बुँदे निर्णय,यस्तो छ निर्णय

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । राष्ट्रिय चिकित्सक संघ, नेपाल (एनडान)को केन्द्रीय समितिको आकस्मिक बैठकले हाल उत्पन्न स्वास्थ्य तथा कानुनी चुनौतीहरूलाई गम्भीर रूपमा मूल्याङ्कन गर्दै चिकित्सा सेवा प्रणालीको दीर्घकालीन सुधारका लागि १० बुँदे महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

    images
    images

    बैठकमा वर्तमान समयको संवेदनशील स्वास्थ्य परिदृश्य, उपभोक्ता संरक्षण ऐन अन्तर्गतका विवादहरू, तथा अदालतका पछिल्ला फैसलाहरूले चिकित्सक समुदायमा सिर्जना गरेको मानसिक दबाबलाई मध्यनजर गर्दै चिकित्सा पेशाको गरिमा, बिरामीको हक हित, र व्यावसायिक सम्मानको रक्षा गर्न आवश्यक कदमहरू तय गरिएको एनडानले जनाएको छ।

    संघले उपभोक्ता संरक्षण ऐनले उपचारको नियत, सेवा सन्दर्भ, र नेपालको स्वास्थ्य प्रणालीको यथार्थतालाई नबुझेको आधारमा गरिएका केही न्यायिक फैसलाहरूले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई नै अन्योलमा पारेको जनाउँदै, चिकित्सा अभ्यासको स्पष्ट कानुनी संरचना निर्माण गर्न सरकार र सरोकारवालासँग सहकार्यको तयारी पनि जनाएको छ।एनडानका अनुसार, यो सुधारको यात्रा केवल कानुनी परिवर्तनमा सीमित नरही, स्वास्थ्य सेवा संरचना, संस्थागत आचरण, र चिकित्सा अभ्यासका विविध आयामहरूमा व्यापक हस्तक्षेप आवश्यक भएको स्पष्ट गरिएको छ।

    images
    images

    एनडानले भनेको छ, 'यो केवल चिकित्सकको मुद्दा होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीको सुरक्षासँग सम्बन्धित विषय हो। हामी व्यावसायिक उत्तरदायित्व स्वीकार गर्दै बिरामीको हितका लागि नीतिगत, कानुनी, र संस्थागत सुधार चाहन्छौं।'

    यस्तो छ १० बुँदे निर्णय :

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend