काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार पनि अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ ।उपभोक्ता अदालतले गरेका फैसललाले आफूहरू मर्कामा परेको भन्दै डाक्टरहरूले आन्दोलन गरिरहेका छन् । सोमबार पनि अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको थियो ।
संघले बुधबार माइतीघरमा उपस्थित भएर प्रदर्शन गर्नसमेत आह्वान गरेको छ । साथै, मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउन पनि संघले डाक्टरहरुलाई आह्वान गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।




.gif)



