images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • स्वस्तिश्री गुरुकुलमा SGMUN 4.0 सफलता पूर्वक...

स्वस्तिश्री गुरुकुलमा SGMUN 4.0 सफलता पूर्वक सम्पन्न

स्वस्तिश्री गुरुकुलमा SGMUN 4.0 सफलता पूर्वक सम्पन्न

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौंः स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुल मोडल युनाइटेड नेशन्स (SGMUN) 4.0 आज सफलता पूर्वक सम्पन्न भएको छ। विद्यालयका विद्यार्थीहरुमा विश्व सचेतना र कूटनीतिक क्षमताको विकास गर्ने उद्देश्यका साथ सम्पन्न सम्मेलनले विद्यालय तहमै अन्तर्राष्ट्रिय विषयमा चिन्तन गर्ने र छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको थियो । ३० भन्दा बढी विद्यालयहरूबाट सहभागी विद्यार्थीहरू र ४० भन्दा बढी प्रायोजकहरूको साथमा तीन दिन सम्म चलेको सम्मेलनको समापन समारोह उत्साहपूर्वक सम्पन्न भयो ।

    images
    images

    Swostishree Gurukul.png

    असार २० मा सुरु भएको SGMUN 4.0 ले पुनस् एकपटक विद्यार्थीहरूलाई संयुक्त राष्ट्रसंघका सत्रहरूको नमुनाको रूपमा विश्वका ज्वलन्त समस्याहरूमा घनिभूत छलफल र समाधान खोज्ने अवसर दिएको थियो।

    images
    images

    समापन समारोहमा प्रमुख अतिथि तथा प्रमुख वक्ताको रूपमा प्रोफेसर डा. सम्राट थापा, एसोसिएट प्रोफेसर तथा युनिभर्सिटी अफ लिञ्चबर्गका पूर्व एशिया इनिसिएटिभ्स निर्देशकले समारोहलाई सम्बोधन गर्नुभयो भने अतिथिको रूपमा U-19 क्रिकेट खेलाडी तथा NPL फ्रेन्चाइज लिगको कर्णाली याक्स टिमका खेलाडी उनीश विक्रम शाही ठकुरी उपस्थिति रहेको थियो ।

    डा. थापाले विद्यालय तहमा MUN को प्रभावमाथि जोड दिँदै भन्नुभयो, MUN केवल अतिरिक्त क्रियाकलाप मात्र होइन, तपाईंको विश्वविद्यालय जीवन र समग्र व्यक्तित्व विकासका लागि आवश्यक सीप–जस्तै आलोचनात्मक चिन्तन, कूटनीति र आत्मविश्वासका साथ बोल्न सक्ने क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम हो । अहिले तपाईंले आफैं कति परिवर्तन हुनुभयो भन्ने महसुस नहुन सक्छ, तर MUN ले तपाईंलाई अन्तर्राष्ट्रिय स्तरमा पक्कै फरक बनाउनेछ ।”

    स्वस्तिश्री गुरुकुलकी प्रधानाध्यापक नेहा केसीले धन्यवाद मन्तव्य दिँदै यस वर्षको MUN को विशिष्ट पक्षबारे चर्चा गर्नुभयो । “यस वर्षको सम्मेलन विशेष बन्यो, यसपटक नयाँ सहभागीहरूले पनि प्रतिनिधिका रूपमा सहभागी हुनुभयो,” उहाँले भन्नुभयो। साथै, उहाँले नयाँ विद्यार्थीलाई अवसर दिएकोमा आयोजकहरूको प्रशंसा गर्नुभयो।  उहाँले विद्यार्थीहरूको उज्वल भविष्यमा विश्वास व्यक्त गर्दै भन्नुभयो, “तपाईंहरूको यहाँको सिकाई भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन प्रयोग हुनेछ, जहाँ तपाईंहरू एक कुसल कूटनीतिज्ञका रूपमा प्रस्तुत हुनुहुनेछ ।” SGMUN आयोजना गर्नुको उद्देश्य स्पष्ट गर्दै उहाँले भन्नुभयो, “स्वस्तिश्रीमा हामी MUN विद्यार्थी नेतृत्वमा आधारित कार्यक्रम बनाउँछौं, किनभने यो तपाईंहरुको विचार प्रकट गर्ने, सहमति र असहमति स्वीकार गर्ने, र समाधान निकाल्ने ठाउँ हो ।”

    समारोहको अन्त्यमा प्रत्येक समितिका अध्यक्षहरूले उत्कृष्ट स्थान प्राप्त गरेका विद्यार्थीहरूको नाम घोषणा गर्नुभयो ।  विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जनले सम्पूर्ण प्रायोजकहरुलाई स–धन्यवाद मायाको चिनो प्रदान गर्नुभएको थियो ।

    SGMUN 4.0 को सफल आयोजनामा विद्यार्थी महानिर्देशक महासचिव आधिश विनोद पोखरेल (कक्षा १२), उपमहासचिव जेनीथ कार्की (कक्षा १०), र समग्र विद्यार्थी आयोजक टिमको भूमिकाले कार्यक्रमलाई विशेष बनाएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend