images

२०८३ आश्विन १७ गते

images
images
images

निगुरोको मूल्य बढ्यो, प्रतिकिलो कति?

निगुरोको मूल्य बढ्यो, प्रतिकिलो कति?

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • बजारमा निगुरोको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।कालीमाटी बजारमा आइतबार निगुरो प्रतिकिलो थोक मूल्य न्यूनतम ८० रूपैयाँदेखि अधिकतम एक सय  रूपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    एक साताअघिको तुलनामा यो प्रतिकिलो ३० रूपैयाँसम्म महँगो हो।गत साता आइतबार बजारमा निगुरो प्रतिकिलो थोक मूल्य न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँमा कारोबार भइरहेको छ।व्यवसायीहरूका अनुसार अहिले बजारमा निगुरोको सिजन सकिएकाले मूल्य बढ्न थालेको हो। 

    १५ दिनअघि कालिमाटी बजारमा निगुरो प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँ थियो। काठमाडौंमा निगुरो काठमाडौं उपत्यका लगायत नुवाकोट, धादिङ, काभ्रे लगायतका क्षेत्रबाट आउने गरेको छ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend