images

२०८३ आश्विन २० गते

images
images
images

रावाबेसीबाट एक करोड हाराहारीका लिची बिक्री

रावाबेसीबाट एक करोड हाराहारीका लिची बिक्री

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • रावाबेसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन्। यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ।६ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ।कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए।

    images
    images

    पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ।आफूले ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए। उनले प्रतिदाना एकमा बिक्री गरेका हुन्।सोही स्थानका खड्गप्रसाद रेग्मीले ४५ हजारका लिची बेचिसकेका छन्।  केही किसानले  एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए। रावाबेँसीका किसानले लिचीबाट यसपटक ९५ लाख हाराहारी आम्दानी गरेका उनको अनुमान छ।

    रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend