images

२०८३ आश्विन २० गते

images
images
images

आर्थिक वर्ष सकिन लाग्दा विकास खर्च ५० प्रतिशत भन्दा कम

आर्थिक वर्ष सकिन लाग्दा विकास खर्च ५० प्रतिशत भन्दा कम

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • चालू आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ ।

    images
    images

    यो खर्च विनियोजन बजेटको तुलनामा ४६ दशमलव ५९ प्रतिशत हो । गएको वर्षको असार १८ गतेसम्ममा पुँजीगत बजेट ४८ दशमलव ५७ प्रतिशत खर्च भइसकेको थियो ।नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार देशमा हुँदा पनि विकासको गति अझै पनि सुस्त रहेको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको समग्र पक्ष हेर्ने हो भने कुल बजेटको झन्डै ७५ प्रतिशत खर्च भइसकेको छ ।

    चालू आर्थिक बर्षको सरकारले लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो तर मध्यावधि समीक्षामार्फत तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याउनुभएको बजेटलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले झन्डै दुई खर्बले घटाउनुभएको थियो । सञ्चालन खर्च र ऋण भुक्तानीमा भार बढ्दै गएको विकास बजेट खुम्चिदै गएकोमा सरकारले छुटाएको रकम समेत खर्च गर्न नसकेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend