images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • कर्णाली विकास बैंकमा घोटाला प्रकरणमा सीआईबीले...

कर्णाली विकास बैंकमा घोटाला प्रकरणमा सीआईबीले पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ

कर्णाली विकास बैंकमा घोटाला प्रकरणमा सीआईबीले पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौंः कर्णाली विकास बैंकमा भएको साढे दुई अर्ब रुपैयाँको आर्थिक घोटाला प्रकरणमा अनुसन्धान तीव्र बनाउँदै गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ।

    images
    images

    सीआईबीको टोलीले मिश्रलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट नियन्त्रणमा लिएको हो। उनी २०६६ साल देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष पदमा थिए र सो अवधिमा संस्थागत सञ्चालकका रूपमा बैंक सञ्चालनमा प्रत्यक्ष भूमिका खेलेका थिए।

    पूर्वअध्यक्ष मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेले उनलाई नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवार सिफारिस गरेको थियो।

    images
    images

    बैंकमा भएको करीब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको अपचलन योजनाबद्ध ढंगले सञ्चालकहरूकै मिलेमतोमा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबी स्रोतको भनाइ छ। हाल कर्णाली विकास बैंक नेपाल राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालनमा छ।

    यसअघि नै सीआईबीले सो घोटालामा संलग्न रहेको आरोपमा संस्थापक अध्यक्ष राजेन्द्र वीर राय सहित तीन जनालाई पक्राउ गरिसकेको छ। बैंकिङ प्रणाली माथिको विश्वासलाई गम्भीर धक्का दिने यो घटनामा अन्य संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने सीआईबीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend