images

२०८३ आश्विन २० गते

images
images
images

९ महिनामा बतास ट्र्याक्टरले गर्‍यो ४४ करोडको व्यापार

९ महिनामा बतास ट्र्याक्टरले गर्‍यो ४४ करोडको व्यापार

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । बतास ट्र्याक्टरले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षभन्दा पनि बढी व्यापार गरेको हो ।

    images
    images

    कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु आवको ९ महिनाको अवधिमा १४ करोड रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ३० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा २६ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा ७६ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

    सन् २०१६ मा स्थापना भएको कम्पनी क्याटरपिलर निर्माण सामग्री, गोदरेज सामग्री र प्रोपेल ब्राण्डेड सामग्रीको नेपालका लागि आधिकारिक विक्रेता हो । कम्पनीले सन् २०१७ देखि क्याटरपिलर सामग्री र सन् २०१८ देखि गोदरेज सामग्री र सन् २०२० मा प्रोपेल सामग्रीको बिक्री वितरण सुरु गरेको थियो ।कम्पनीमा ५ जनाको स्वामित्व छ । बतास परिवारको ६७ प्रतिशत स्वामित्व रहेको छ । बतास अर्गनाइजेशनद्वारासञ्चालित कम्पनीमा आनन्दराज बतास र शान्तराज बतासको सबैभन्दा बढी स्वामित्व रहेको छ ।

    images
    images

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३९ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।कम्पनी नेपालको लागि भोल्भो इचर व्यवसायिक सवारी साधन बेच्ने आधिकारिक बिक्रेता हो भने टीभीएसको दुई पांग्रे सवारी साधन, मारुती सुजुकी र महिन्द्र ब्राण्डको व्यवसायिक र यात्रुवाहक सवारी साधनको प्रादेशिक डिलर हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend