images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • पाँच खर्ब नाघ्यो बैंकहरूको राष्ट्र बैंकमा...

पाँच खर्ब नाघ्यो बैंकहरूको राष्ट्र बैंकमा रहेको निक्षेप

पाँच खर्ब नाघ्यो बैंकहरूको राष्ट्र बैंकमा रहेको निक्षेप

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार (हिजो) मंगलबारसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम पाँच खर्ब रूपैयाँ पुगेको छ।चालु आर्थिक वर्षमा यसरी राखिएको रकम पहिलो पटक पाँच खर्ब नाघेको हो।एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ।राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा उब्रिएको रकम तान्ने गर्छ। त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।

    images
    images

    निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ।राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूले यसरी राखेको रकम पाँच खब एक अर्ब ८५ करोड रूपैयाँ पुगेको छ। कर्जा लगानी बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा सात खर्ब हाराहारी रकम (तरलता) रहेको छ। केही समय अघि बैंकहरूले यसरी राष्ट्र बैंकमा राख्न थालेको रकम घट्दै दुई खर्ब ३३ अर्बमा सीमित हुन थालेको थियो।

    सोभन्दा अघि पनि यस्तो रकम चार खर्बसम्म पुगेको थियो। अहिले फेरि यस्तो रकम बढ्न थालेकोले बैंकहरूमा अहिले धेरै रकम भित्रिरहेको तर त्यही अनुसार कर्जा लगानी नभइरहेको यसले संकेत गर्छ।कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ।बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न पाउँदैनन्।

    images
    images

    निक्षेप झिक्न आउने सर्वसाधारण लगायतलाई दिनुपर्ने भुक्तानी नरोकियोस् भनेर निक्षेप संकलन, चुक्ता पुँजी लगायत रकमको कम्तीमा २० प्रतिशत तरल सम्पत्तिको रूपमा राख्छन्।जतिबेला चाहिन्छ त्यो बेला झिक्न सकियोस् भनेर बैंकहरूले यस्तो सम्पत्तिको रूपमा राखेका हुन्छन्। यस्ता सम्पत्ति भनेको सरकारी ऋणपत्रहरू नै हुन्। केही रकम नै पनि बैंकहरूले राष्ट्र बैंकमा राख्छन्। त्यस बाहेक राष्ट्र बैंकले बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी विभिन्न वित्तीय उपकरण जारी गरिरहेको हुन्छ।

    राष्ट्र बैंकले आज (बुधबार) पनि बैंकहरूको प्रणालीबाट ६० अर्ब रूपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले ६३ दिनको लागि यसरी निक्षेप तान्न लागेको हो।केही महिना अघिसम्म राष्ट्र बैंकले प्रायः सात दिनको लागि बैंकहरूबाट यसरी रकम खिच्ने गरेको थियो।तर, प्रणालीबाट यसरी रकम खिचिरहँदा पनि तरलता अधिकको समस्या हल नभएपछि केही जेठ यता लामो अवधिको लागि पैसा खिच्न थालेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend