काठमाडौं । बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार निगुरोको भाउ बढेको हो ।
बुधबार निगुरोको भाउ थोकमा प्रतिकिलो ६० रुपैयाँ बढेको छ । मंगलबार निगुरोको भाउ थोकमा प्रतिकिलो ५५ रुपैयाँ थियो । आज बुधबार भने यसको भाउ किलोमा १ सय १५ रुपैयाँ कायम छ ।
अघिल्लो साता बजारमा निगुरो प्रतिकिलो थोकमा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म किनबेच भएको थियो ।अहिले बजारमा निगुरोको सिजन सकिएकाले मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।




.gif)





