images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • मानुषी लघुवित्तद्वारा ग्राहक सदस्यहरूलाई फलफूलका बिरुवा...

मानुषी लघुवित्तद्वारा ग्राहक सदस्यहरूलाई फलफूलका बिरुवा वितरण

मानुषी लघुवित्तद्वारा ग्राहक सदस्यहरूलाई फलफूलका बिरुवा वितरण

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरूको आय आर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले फलफूलका बिरुवा वितरण गरेको छ। संस्थाले सिन्धुपाल्चोक जिल्लाका पाँच शाखामार्फत करिब एक हजारभन्दा बढी बिरुवा वितरण गरेको हो।

    images
    images

    स्थानीय सदस्यहरूलाई आर्थिक रूपमा सबल बनाउन तथा दीर्घकालीन आय आर्जनमा जोड दिन दाँते ओखर, आँप, लिची, कागती, अम्बालगायतका फलफूलका बिरुवा प्रदान गरिएको हो।

    मानुषी लघुवित्तले नियमित कर्जा र बचत सेवा बाहेक ग्राहक सदस्यहरूको जीवनस्तर सुधारका लागि समय समयमा गैर आर्थिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोही क्रममा फलफूलका बिरुवामार्फत उद्यमशीलता प्रवर्द्धन गर्न खोजिएको संस्थाका योजना तथा अनुगमन विभाग प्रमुख रामप्रसाद भण्डारीले जानकारी दिए।

    images
    images

    फलफूलका बिरुवाले भविष्यमा आय आर्जनमा उल्लेख्य सहयोग पुर्‍याउने विश्वास लिइएको छ। यसले सदस्यहरूलाई आत्मनिर्भर बनाउने र कृषि तथा उद्यममा आधारित जीवनशैलीमा अग्रसर गराउने लक्ष्य लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend