images

२०८३ आश्विन २५ गते

images
images
images

कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै

कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं । कुमारी बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा रोक्ने भएको छ । बैंकले आफ्ना केही विशेष बचत खातामा दिँदै आएको बीमा सुविधा आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि स्थगित गर्ने भएको हो ।

    images
    images

    बैंकले लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, कुमारी रेमिट प्रिमियम खातालगायत विभिन्न खातामा बीमा सुविधा प्रदान गर्दै आएको थियो । यी खाताहरूमा ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आएको थियो ।  यी खाताहरूमा भने बीमा सुविधा यथावत् राख्ने भएको छ ।

    त्यसबाहेक अन्य खाताहरूमा २०८२ श्रावण ३१ गतेपछि बीमा सुविधा कायम नहुने भएको छ । यस्तै यही असार १७ गतेपछि खोलिएका नयाँ खातामा बीमा सुविधा समावेश नगरिने समेत बैंकले जनाएको छ ।तर, यसअघि बीमा सुविधामा समावेश भइसकेका ग्राहकहरूले आगामी साउन ३१ गतेसम्मको स्वास्थ्य उपचारको बिल बैंक समक्ष दाबी गर्न सक्ने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend