images

२०८३ आश्विन १५ गते

images
images
images

सेजनले गर्यो सरकारबाट प्राप्त एक करोड अनुदान अस्वीकार

सेजनले गर्यो सरकारबाट प्राप्त एक करोड अनुदान अस्वीकार

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौंः आर्थिक पत्रकारहरुको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गरेको छ । सञ्चार मन्त्रालयले सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रूपैयाँ बजेटमै विनियोजन गराएको थियो ।

    images
    images

    आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर १ मा सो रकम विनियोजन गरिएको जानकारी हुन आएको सेजनले जनाएको छ । आर्थिक पत्रकारको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति मन्त्रालयलाई सेजनले धन्यवाद दिएको छ । तर, सेजनको असार १७ गते बठेको बैठकले विभिन्न चार कारण देखाउँदै अनुदान अस्वीकार गर्ने निर्णय लिएको हो ।

    सेजनले औल्याएका चार कारण यस्ता छन्ः

    images
    images

    १. सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको ।

    २. सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको ।

    ३. सेजन र यसका सदस्यहरुले बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै           आएका छौंरछन् । यस परिप्रेक्ष्यमा एक करोड रुपैयाँको निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरित हुने     देखिएको ।

    ४. यसै पनि वित्तीय स्रोतको अभाव झेलिरहेको हाम्रो सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता        छ। जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु      हाम्रो पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुने देखिएको ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend