images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज राष्ट्रियसभाको बैठक बस्दै, के छन्...

आज राष्ट्रियसभाको बैठक बस्दै, के छन् कार्यसूची ?

आज राष्ट्रियसभाको बैठक बस्दै, के छन् कार्यसूची ?

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षक माथि छलफल हुने कार्यसूची रहेको छ।

    images
    images

    त्यस्तैगरी, ११ मन्त्रालय सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

    बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले नागरिकता विधेयक, २०८२’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम पनि रहेको छ।

    images
    images

    त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरी पारित गर्ने कार्यसूची पनि रहेको छ।

    सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा पनि बैठकमा जानकारी गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend