images

२०८३ आश्विन २५ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,युरो र दिनारको मूल्य बढ्यो

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,युरो र दिनारको मूल्य बढ्यो

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

    images
    images

    आज अमेरिकी डलर सहित केही मुद्राको मूल्य स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्ड सहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, कुबेती र बहराइन दिनार सहितका मुद्राको मूल्य भने बढेको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

    images
    images

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

    त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ९४ र बिक्रीदर १६० रुपैयाँ ६५ छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ९० र बिक्रीदर १६० रुपैयाँ ६० पैसा थियो।

    त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ १८ र बिक्रीदर १८८ रुपैयाँ छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ३९ र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा थियो।

    त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा थियो।

    त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ र बिक्रीदर ४४८ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २८ पैसा थियो।

    आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा थियो।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend