images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई अदालतले...

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई अदालतले ६ दिन म्याद थप

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई अदालतले ६ दिन म्याद थप

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौँः पुरानो बसपार्कमा ‘काठमाडौँ भ्युटावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    images
    images

    प्रहरी वृत्त सिंहदरबारको टोलीले भेटवाललाई गत शुक्रबार पक्राउ गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

    व्यवसायी भेटवालले सिन्धुली घर भएका राजकुमार बराललाई दिएको १० करोडको चेक बाउन्स भएको र त्यस विरुद्ध बैकिङ्ग कसुरको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको छ । दम र सुगरको बिरामी रहेका भेटवाललाई धुम्बाराहीको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। अस्पतालको क्याबिन नम्बर ८१२ मा उनलाई राखिएको छ । उनी अस्पताल नै भर्ना हुने बिरामी नभए पनि पहुँचकै आधारमा अस्पताल भर्ना भएको प्रहरीले स्रोतको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend