images

२०८३ आश्विन २५ गते

images
images
images

बैंकिङ प्रणालीबाट आज ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

images
images
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौँः बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज असार १५ गते फेरि ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

    images
    images

    अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

    images
    images

    निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी भदौ १५ गते गरिने छ। हाल, कर्जाको माग कम भएकाले बैंकिङ प्रणालीमा तरलता अत्यधिक फालाफाल भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ प्रतिशत हाराहारीको ब्याजदर मै राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend