images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई मर्चेण्टको सीइओमा सन्तोष कुमार...

नेपाल एसबिआई मर्चेण्टको सीइओमा सन्तोष कुमार भण्डारी नियुक्त

नेपाल एसबिआई मर्चेण्टको सीइओमा सन्तोष कुमार भण्डारी नियुक्त

images
images
शनिवार, आषाढ १४ २०८२
शनिवार, आषाढ १४ २०८२
  • काठमाडौंः नेपाल एसबिआई मर्चेण्ट बैंकिङको असार १३ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष कुमार भण्डारीलाई नियुक्त गरेको छ । असार १३ गते देखि लागू हुने उनलाई सो पदमा नियुक्त गरेको हो ।

    images
    images

    यस अघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

    बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको कार्य अनुभव संम्हालेका भण्डारी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् । नेपाल एसबिआई बैंकको पुर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको चुक्ता पूँजी रु २० करोड रहेको छ ।

    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतीकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend