काठमाडौँः विवादास्पद ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
उनलाइ १० करोड रूपैयाँको बैंकिङ कसुर सम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक समेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।
उनी काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार समेत हुन् ।




.gif)





