images

२०८३ आश्विन २० गते

images
images
images

स्थानीय तहको बेरुजु महोत्तरीमा झन्डै नौ अर्ब पुग्यो

स्थानीय तहको बेरुजु महोत्तरीमा झन्डै नौ अर्ब पुग्यो

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौँः महोत्तरीमा स्थानीय तहको बेरुजु करिबन रु नौ अर्ब नजिक पुगेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका सहित जम्मा १५ स्थानीय तहको बेरुजु आर्थिक वर्ष २०८०।८१ सम्म रु आठ अर्ब ७३ करोड ६५ लाख ९२ हजार नाघेको छ । जस मध्ये पछिल्लो आव २०८०।८१ को मात्र रु ६४ करोड ६० लाख माथि रहेको महालेखा परीक्षकको कार्यालय काठमाडौँले वार्षिक लेखा परीक्षण प्रतिवेदनमा औँल्याएको छ ।

    images
    images

    जिल्लाका स्थानीय तह मध्ये बलवा नगर पालिकाको बेरुजु सबैभन्दा बढी रु ९३ करोड ६९ लाख ४० हजार माथि छ । आव २०८०।८१ को मात्र पनि बलवाको बेरुजु रु सात करोड २० लाख ४५ हजार माथि छ । त्यसैगरी पिपरा गाउँ पालिकाको बेरुजु रु ९३ करोड ४८ लाख ९७ हजार नाघेको छ । पिपराको आव २०८०।८१ को बेरुजु रु एक करोड ८४ लाख ८० हजार माथि छ ।

    जलेश्वर नगरपालिकाको रु ८२ करोड ९३ लाख, मनराशिशवा नगरपालिकाको रु ७० करोड ५१ लाख ४१ हजार, गौशाला नगर पालिकाको रु ७० करोड ५१ लाख ४१ हजार, सम्सी गाउँ पालिकाको रु ५२ करोड ८३ लाख ७४ हजार, लोहारपट्टी नगर पालिकाको रु ५२ करोड ३१ लाख ५५ हजार, बर्दिबास नगरपालिकाको रु ५१ करोड २३ लाख ६४ हजार र मटिहानी नगपालिकाको रु ५० करोड ४५ लाख ९१ हजार माथि बेरुजु पुगेको छ । यसरी ५० करोड माथि बेरुजु पुगेका जिल्लाका स्थानीय तहको सङ्ख्या नै नौ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    त्यसैगरी सोनमा गाउँ पालिकाको रु ४८ करोड नौ लाख, एकडारा गाउँ पालिकाको रु ४७ करोड ९६ लाख ९१ हजार, राम गोपालपुर नगर पालिकाको रु ४७ करोड २० लाख ५२ हजार, महोत्तरी गाउँ पालिकाको रु ४२ करोड २७ लाख ८२ हजार, भङ्गाहा नगरपालिकाको रु ४१ करोड ६९ लाख २६ हजार र औरही नगर पालिकाको सबैभन्दा कम रु २८ करोड ४३ लाख १७ हजार बेरुजु प्रतिवेदनले देखाएको छ । यी १५ वटै स्थानीय तहको आव २०८०।८१ को मात्र पनि बेरुजु रु ६४ करोड ६० लाख आठ हजार माथि छ ।

    आव २०८०।८१ को मात्र बेरुजु केलाइँदा लोहार पट्टीको सबैभन्दा बढी रु नौ करोड ८५ लाख ४४ हजार प्रतिवेदनमा उल्लेख छ । गत आवमा गौशालाको रु आठ करोड ८४ लाख ५९ हजार, जलेश्वरको रु आठ करोड एक लाख, रामगो पालपुरको रु चार करोड ६१ लाख १९ हजार र एक डाराको रु चार करोड पाँच लाख २३ हजार बेरुजु छ ।

    यस्तैगरी सोनमाको रु तीन करोड ७६ लाख २६ हजार, भङ्गाहाको रु तीन करोड २८ लाख ८१ हजार, मनराशिशवाको रु दुई करोड ९३ लाख १३ हजार, बर्दिबासको रु दुई करोड ८७ लाख १८ हजार, सम्सीको रु दुई करोड ६६ लाख ८६ हजार र औरहीको रु दुई करोड १३ लाख ४४ हजार गत आवको मात्र बेरुजु छ ।

    त्यसैगरी पिपराको रु एक करोड ८४ लाख ८० हजार, मटिहानीको रु एक करोड ५३ लाख ३५ हजार र महोत्तरी गाउँ पालिकाको सबैभन्दा कम रु ९८ लाख ३२ हजार माथि गत आवको मात्र बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले कुल रु १८ अर्ब ४८ करोड १५ लाख ६७ हजारको लेखा परीक्षण गर्दा १५ स्थानीय तहको आव २०८०।८१ को बेरुजु रु ६४ करोड ६० लाख आठ हजार देखिएको हो ।

    बेरुजु देखिएका रकम सबै आर्थिक अनियमितता नै हुने नभई कतिपय शीर्षकका आवश्यक कागजात अपुग भएर र नियमित नगरेर पनि देखिएको हुन सक्ने प्रतिवेदनमै उल्लेख छ । यसपालि आव २०८१।८२ सकिनै लाग्दा विगतका बेरुजु घटाउन स्थानीय तहले के–कस्ता पहल कदमी लिए, त्यो भने अब आउने आर्थिक वर्षमा गरिने लेखा परीक्षणबाट स्पष्ट हुने लेखा प्रणालीका जानकार नेपाल सरकारका अवकाश प्राप्त उपसचिव बर्दिबास–३ का बासिन्दा रामकुमार कार्की बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend