images

२०८३ आश्विन २० गते

images
images
images

११ महिनामा व्यापार घाटा १४ खर्ब नजिक, आयात–निर्यात दुबैमा वृद्धि

११ महिनामा व्यापार घाटा १४ खर्ब नजिक, आयात–निर्यात दुबैमा वृद्धि

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः चालू आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ ।

    images
    images

    यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा १३ दशमलव १५ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

    भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।

    images
    images

    यो गएको आर्थिक वर्षको तुलनामा ७७ दशमलव ७७ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यासलगायत आयात भएको छ । यस्तै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, सनफ्लावरको बिउ र तेल, गलैँचा र अलैँची लगायत छन् ।

    यसैबीच चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ । यो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ दशमलव ३० प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ । गएको आर्थिक वर्षको ११ महिनामा १३ अर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा थियो।

    यस्तै चालू आर्थिक वर्षको ११ महिनामा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यो गएको आर्थिक वर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले बढी हो ।

    गएको आर्थिक वर्ष ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend