images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • वीरगञ्ज नाकाबाट विद्युतीय गाडीको बढ्दो आयातः...

वीरगञ्ज नाकाबाट विद्युतीय गाडीको बढ्दो आयातः ११ महिनामा २३८५

वीरगञ्ज नाकाबाट विद्युतीय गाडीको बढ्दो आयातः ११ महिनामा २३८५

images
images
शनिवार, आषाढ ७ २०८२
शनिवार, आषाढ ७ २०८२
  • पर्साः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात भएका छन् ।

    images
    images

    वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। 

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए । “यो नाका हुँदै विद्युतीय भन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,” उनले भने “विद्युतीय सवारीसाधनको आयात पनि औसतमा सन्तोषजनक नै छ ।”

    images
    images

    चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाट देखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

    त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । साथै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend