images

२०८३ आश्विन २० गते

images
images
images

गाईघाट करदाता सेवा कार्यालयले झण्डै ५० करोड राजश्व सङ्कलन

गाईघाट करदाता सेवा कार्यालयले झण्डै ५० करोड राजश्व सङ्कलन

images
images
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौँः उदयपुरस्थित करदाता सेवा कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा झण्डै ५० करोड राजश्व सङ्कलन गरेको छ । गत साउन देखि जेठ सम्ममा कार्यालयले ४९ करोड ८० लाख २ हजार २ सय रुपैँया सङ्कलन गरेको छ ।

    images
    images

    कार्यालयले विभिन्न ५ शीर्षकमा कर सङ्कलन गर्ने गरेको छ । जस अनुसार आय कर, बहाल कर, मूल्य अभिवृद्धि कर (भ्याट), व्याज कर र अन्तःशुल्क शीर्षकमा राजश्व उठाउने गरेको छ । कार्यालयका सूचना अधिकारी रेक मगरका अनुसार यस वर्ष जेठ मसान्त सम्ममा अङ्कका हिसाबले सबभन्दा बढी राजश्व आय कर उठेको छ भने प्रतिशतका हिसाबले व्याज कर सङ्कलन भएको छ ।

    अङ्कका हिसाबले आय कर २५ करोड ३७ लाख ७९ हजार उठेको छ भने प्रतिशत हिसाबले ७७.४८ प्रगति भएको मगरले बताएका छन् । बितेको ११ महिना अवधिमा ३२ करोड ७५ लाख ४२ हजार उठाउने लक्ष्य कार्यालयको थियो । 

    images
    images

    त्यसैगरी दोस्रो ठूलो रकम अङ्क भ्याट बापत २२ करोड १४ लाख ९७ हजार उठाएको छ । २५ करोड ४३ लाख ४८ हजार उठाउने लक्ष्य लिएको कार्यालयले ८७.०८ प्रतिशत प्रगति गरेको जनाएको छ । त्यसैगरी बहाल कर १ करोड १० लाख ४ हजार लक्ष्य लिएको कार्यालयले ११ महिना अवधिमा ४७ लाख २८ हजार अर्थात ४२.९७ प्रतिशत राजश्व उठाएको छ ।

    व्याज कर बापत ५४ लाख ४२ हजार उठेको कार्यालयले जनाएको छ । यो अवधिमा व्याज कर ५८ लाख २९ हजार उठाउने लक्ष्य लिएकोमा प्रतिशतका हिसाबले सबभन्दा बढी ९३.३६ प्रतिशत प्रगति गरेको छ । त्यसैगरी अन्तःशुल्क बापत १ करोड २५ लाख ७६ हजार सङ्कलन भएको छ । कार्यालयले यो अवधिमा अन्तः शुल्क १ करोड ७६ लाख १० हजार उठाउने लक्ष्य लिएको थियो । मा ७१.४१ प्रतिशत प्रगति गर्दै छ ।

    चालु आर्थिक वर्ष कार्यालयले ६१ करोड ६३ लााख ३१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष सकिन १ महिना मात्र बाँकी रहँदा लक्ष्यको ८० प्रतिशत राजश्व उठाइ सकेको कार्यालयले सहजै लक्ष्य चुम्ने अपेक्षा गरेको छ । कार्यालय प्रमुख कर अधिकृत अशोक प्रसाद कुशवाहाले सिङ्गो १ महिना बाँकी रहेको र वर्षको अन्तिम महिना हुनाले पनि लक्ष्य सहजै चुम्ने विश्वास लिए ।

    ‘अहिले सम्मको लक्ष्यमा ८० प्रतिशत बढी राजश्व उठाइ सक्यौँ, अझै महिना दिन बाँकी छ’ हाकिम कुशवाहाले भने ‘अन्तिम महिला असार पिक सिजनको बेला भएकाले लक्ष्य भेट्न सकिन्छ भन्ने विश्वास छ ।’

    हाकिम कुशवाहाका अनुसार गत वर्षको दाँजोमा यो वर्ष उत्साहजनक राजश्व सङ्कलन भइरहेको छ । गत वर्ष कार्यालयले ५६ करोड ४४ लाख ४ हजार मात्र उठाउन सकेको थियो । आर्थिक वर्ष ०८०।८१ मा ७८ करोड ७८ लाख ५८ हजार राजश्व उठाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको कार्यालयले ७१.६४ प्रतिशत मात्र लक्ष्य चुम्न सकेको थियो । 

    त्यसको अघिल्लो वर्ष अर्थात ०७९।८० मा पनि लक्ष्यको ८६.७२ प्रतिशत मात्र प्रगति भएको थियो । सो वर्ष ७१ करोड ३३ लाख ३५ हजार राजश्व उठाउने लक्ष्य लिएकोमा ६१ करोड ८६ लाख ३२ हजार रुपैँया सङ्कलन भएको थियो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend