images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • राजु पाण्डेको पक्षमा अदालतको आदेश, बालेनलाई...

राजु पाण्डेको पक्षमा अदालतको आदेश, बालेनलाई आंशिक राहत

राजु पाण्डेको पक्षमा अदालतको आदेश, बालेनलाई आंशिक राहत

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निमित्त प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

    images
    images

    उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गरेपछि मेयर बालेन साहले पनि राहतको महसुस गरेका छन् । पाण्डेलाई बालेनले नै निमित्त प्रहरी प्रहरी प्रमुख नियुक्त गरेका थिए । पाण्डेले अरु जनप्रतिनिधिको मानमर्दन गर्दै मेयर बालेनको आदेश मात्रै पालन गर्ने गरेको आरोप लाग्दै आएको छ ।
    प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend