images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • हिरासतमै फुटिन् रमा, आँसु थाम्न नसकी...

हिरासतमै फुटिन् रमा, आँसु थाम्न नसकी भक्कानिइन्

हिरासतमै फुटिन् रमा, आँसु थाम्न नसकी भक्कानिइन्

images
images
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • काठमाडौंः टिकटकर रमा बस्नेतलाई पक्राउ पर्दैछु भन्ने कुनै पनि भेउ थिएन । हिजो अचानक साइबर ब्यूरोका प्रहरी कोठैमा आएपछि उनी आत्तिइन् ।

    images
    images

    कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेकी रमा केही समय देखि रास्वपाको समर्थन र सरकारको विरोधमा टिकटकमा बोल्ने गर्थिन् । उनका कतिपय अभिव्यक्तिहरु उग्र पनि सुनिन्थे पनि । फलोअर्स बढाउनका लागि गरेको यो कार्यले हिरासत पुर्याउला भन्ने रमालाई हेक्कै थिएन ।

    भक्तपुरमा रहेको कोठामा एक्लै बस्दै आएकी छिन् रमा । उनका बुवाआमा खोटाङमा बस्छन् । उनी एउटा निजी कम्पनीमा सामान्य जागीर पनि खान्छिन् । अहिले बुवा बिरामी भएर अस्पतालमा छन् । यही बेला आफू पक्राउ परेपछि रमालाई बेचैनी भएको चै छ ।

    images
    images

    प्रहरी स्रोतका अनुसार पक्राउ गरेर लगिँदा उनी पूरै नर्भस भएकी थिइन् । हिरासतमा पुर्याउँ सम्म उनको स्थिति खराब भइसकेको थियो ।

    ‘उहाँ अर्धमुर्छित जस्तै हुनुभयो र वान्ता पनि गर्नुभयो, त्यसपछि हामीले राति नै अस्पताल लग्यौं,’ दरवारमार्ग वृत्तका एक प्रहरीले भने ।

    रमालाई राति वीर अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचार पछि उनलाई फेरि हिरासत फर्काइयो । हिरासतमा उनी अनवरत रोइरहेकी थिइन् । आज भने उनको अवस्थामा केही सुधार भएको छ ।

    आफूलाई कसले उजुरी दिएको हो भन्ने पत्तो पाएकी छैनन् रमाले । बरु कति दिन हिरासत बस्नुपर्छ भन्ने भएले उनलाई सताइरहेको छ । हिजो प्रहरीले तीन दिन म्याद थप गरेको थियो । बुवाको स्वास्थ्य र आफ्नो हिरासत यात्राले उनी आत्तिएकी छन् ।

    काठमाडौंमा रमाका परिवार र आफन्तहरु खासै कोही नभएको उनकी एक साथीले जानकारी दिइन् । उनलाई अहिले सम्म कसैले फेर्ने कपडा पनि लगिदिएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend