images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले वर्षमा...

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले वर्षमा कति साट्न पाउँछन् ‘निर्वाह खर्च’ ?

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले वर्षमा कति साट्न पाउँछन् ‘निर्वाह खर्च’ ?

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीका लागि डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ । तर राष्ट्र बैंकले देश अनुसार वार्षिक रुपमा फरक/फरक सटहीको सुविधा प्रदान गर्दै आईरहेको छ ।  

    images
    images

    विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपी, नो अब्जेक्सन लेटर,सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत सम्बन्धित कागजपत्र संलग्न गरी शंक्षिक सस्थालाई भुक्तानी गर्नुपर्ने रकक विदेशी मुद्रामा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।  

    विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले निर्वाह खर्च बापत सपोटिङ डक्युमेन्टको आधारमा सटही सुविधा प्राप्त गर्न सक्छन् । सपोटिङ डक्युमेन्टमा निर्वाह खर्च नखुलेको अवस्थामा विद्यार्थीहरुले देहाय बमौजिम सटही सुविधा प्राप्त गर्न सक्छन् ।  

    images
    images

    –बङ्गलादेश र पाकिस्तान अध्ययन गर्न जाने एक नेपालीले वार्षिक २ हजार ५ सय अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउँछन्  

    –चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्स जानेहरूले ४ हजार अमेरिकी डलर सटही सुविधा पाउँछन् ।  

    –सिङ्गापुर र दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीले ६ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँछन्

    –क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोप महादेशहरू जाने विद्यार्थीले सबैभन्दा बढी अर्थात ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँछन्

    –अन्य मुलुकहरूमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले वार्षिक ५ हजार अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउँछन् 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend