images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३...

बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३ दिने योग शिविर

बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३ दिने योग शिविर

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३ दिने योग शिविर सम्पन्न भएको छ । गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने योग शिविर जेष्ठ २७ गते देखि सञ्चालन भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना, बित्थडचिर गाउपालिकाको समन्वयमा भएको उक्त शिविरमा सैयोको संख्यामा त्यहाँका स्थानीयहरुले सेवा लिएका छन्।

    images
    images

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरीको अध्यक्षतामा सम्पन्न भएको शिबीरमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बिष्ट ,जनप्रतिनिधि , कर्मचारीहरू सहितको बाक्लो उपस्थिति रहेको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी कृष्ण बहादुर कठायतले सञ्चालन गरेको कार्यक्रममा योग कक्षा सञ्चालन मोहन बहादुर मल्ल र बम बहादुर बुढाले गरेका थिए।

    शिविरमा योग प्रशिक्षकहरूको भनाइअनुसार मानव योगको अधारमा जीवन यापन गर्न सके ९५% रोग बाट मुक्ति पाउने निश्चित भएको बताएका छन भने रोगीले सजिलै रोग बाट मुक्ति समेत पाएको उनले बताए ।योगले मानिसलाइ शारीरिक र मानसिक दुबै हिसाबले स्वस्थ राख्न सहयोग गर्ने भएकाले सबैले दिनमा एक घण्टा व्यायाम गर्न आवश्यक रहेको कार्यालय प्रमुख पुरीले बताए।

    images
    images

    स्वस्थ क्षेत्र प्रति स्थानीय सरकार गम्भीर रहेको र यसका लागी जनहितमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेकोले पालिकाले गरेको सूचना प्रति नागरिक पनि गम्भीर हुन जरुरी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बिष्टले बताए। साथै शिविरमा पालिका बासी उल्लेखनीय रूपमा सहभागी भइ सेवा लिनु आउनु भएका सम्पूर्ण सेवाग्राहीहरूलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् । शिविरमा सहज व्यायाम, सूर्य नमस्कार, परम्परागत व्यायाम, प्राणयाम ध्यान बारे जानकारी गराइएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend