images

२०८३ आश्विन २० गते

images
images
images

यसकारण खानुपर्छ खनिज पदार्थ

यसकारण खानुपर्छ खनिज पदार्थ

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • शरीरलाई विभिन्न रोगको संक्रमणबाट जोगाउन खनिजको आवश्यकता पर्छ। शरीरको रक्षा गर्नमा खनिजको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै शरीरका कोषहरूको वृद्धि विकास र राम्रोसँग कार्यसञ्चालनको लागि क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक पर्छन्। 

    images
    images

    क. क्याल्सियमका कार्यहरू

    – रगत जम्ने प्रक्रियामा सहयोग गर्छ।

    images
    images

    – हात तथा दाँतको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।

    – मांसपेशीय तन्तुहरू तथा स्नायु तन्तुहरूको काममा सहयोग गर्छ।

    – मुटुको नियमित कार्यमा सहयोग गर्छ।

    ख. फस्फोरसका कार्यहरू

    – दाँत तथा हाडको वृद्धि र विकासमा सहयोग गर्छ।

    – मांसपेशी खुम्चने र फुक्ने कार्यमा सहयोग गर्छ।

    – चिल्लो पदार्थलाई पचाएर मांसपेशी र कलेजोमा भण्डारण गरेर राख्ने कार्यमा सहयोग गर्छ।

    – यसले डीएनए र आरएनए निर्माणमा सहयोग गर्छ। 

    ग. आयोडिनका कार्यहरू

    – शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ।

    – थाइराइड ग्रन्थीले उत्पादन गर्ने थाइरोक्सिन हर्मोन उत्पादन गर्न सहयोग गर्छ।

    – सुत्केरी आमाको स्तनमा दूध उत्पादन गर्ने कार्यमा सहयोग गर्छ।

    – गलगाँड हुनबाट बचाउँछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend