images

२०८३ आश्विन २० गते

images
images
images

सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइने

सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइने

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ आर्थिक वर्षमा न्यूरो साइन्सेस सेन्टर स्थापना गरिने बताएका छन् । राष्ट्रिय सभामा सदस्य जगप्रसाद शर्माले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपाल सरकारको आर्थिक वर्ष २०८२ । ८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न न्यूरो साइन्सेस सेन्टर स्थापना गर्ने उल्लेख भएको र बजेट समेत व्यवस्था भएको बताए ।मन्त्री पौडेलले सो केन्द्रमा विशेष पुनस्र्थापना ईकाई बनाइने बताए । पुनस्र्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पुनःसामान्य जीवनमा फर्कन सघाउने बताए ।

    images
    images

    अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनस्र्थापना केन्द्रहरू प्रमुख सहरहरूमा सीमित रहेको भन्दै मन्त्री पौडेलले सबै क्षेत्रका सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयासरत रहेको बताए ।‘पुनस्र्थापना सेवा प्रत्यक्षरूपमा क्लिनिकल तथा दीर्घकालीन स्वास्थ्य प्रणालीसँग आबद्ध हुने भएकाले, यसमा विभिन्न विभाग, महाशाखा तथा मन्त्रालयबीच समन्वय आवश्यक पर्दछ,’ मन्त्री पौडेलले भने, ‘मन्त्रालयले स्थानीय तहलाई पुनस्र्थापना कार्यमा सशक्त बनाउनका लागि स्रोत र क्षमता अभिवृद्धि गर्दै पुनस्र्थापना सेवा कृत्रिम अंग र सहायक उपकरणको विस्तार गरिरहेको बताए ।

    मन्त्री पौडेलले नेपालको स्वास्थ्य प्रणालीलाई पुनस्र्थापनामैत्री बनाउने दिशातर्फ बाटो अघि बढिरहेको बताए ।स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा मार्फत पुनस्र्थापना सेवा प्रवाह भईरहेको मन्त्री पौडेलले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend