images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आजदेखि एक सय रुपैयाँमै चलचित्र...

आजदेखि एक सय रुपैयाँमै चलचित्र ‘अञ्जिला’ हेर्न पाइने

आजदेखि एक सय रुपैयाँमै चलचित्र ‘अञ्जिला’ हेर्न पाइने

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ ।राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको उक्त चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नै लाग्दा जम्मा सय रुपैयाँमा सो चलचित्र हेर्न पाइने भएको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

    images
    images

    उनले भने, “अहिलेको प्रविधिमैत्री समयमा चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नु आफैँमा ठूलो उपलब्धि हो । प्रदर्शकसँग सल्लाह गरेर ९३औँ दिनदेखि चलचित्रलाई सय रुपैयाँमै हेर्न पाउने व्यवस्था गरेका छौँ । नेपाली फुटबल र खेलाडीसँग जोडिएको विषयमा बनेको चलचित्र यति सस्तोमा हेर्न पाइने भएपछि अरू के चाहियो, यसबाट अत्यन्त खुसी र हर्षित हुन पाएको छु । यसले आगामी दिनमा अन्य खेलाडीको विषयमा चलचित्र बनाउन चलचित्र निर्माता तथा निर्देशकलाई प्रेरणा मिलेको छ ।”

    उनले सामाखुसीस्थित सिटीस्क्वायर मलमा रहेको क्युएफएक्स चलचित्र भवनमा सय रुपैयाँमै ‘अञ्जिला’ हेर्न पाइने बताए । कप्तान सुब्बाको जीवनीमा आधारित सो चलचित्रमा मिलन चाम्सले निर्देशन गरेका हुन् । यसैगरी, कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।“चलचित्र सफल भइसकेको छ, तर पनि प्रेरणादायी चलचित्र हेर्न चाहनेका लागि यो ‘अफर’ ल्याइएको हो । यसले हाम्रो सय दिन पूरा हुने उत्सव मनाएको आभाष गराउँछ”, उनले भने ।गत वर्ष फागुन २९ मा प्रदर्शन सुरु भएको चलचित्र ‘अञ्जिला’ले घरेलु ‘बक्सअफिस’मा रु १० करोडको व्यापार (ग्रस कलेक्सन) गरेको वितरक श्रेष्ठले जानकारी दिए । –रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend