images

२०८३ आश्विन २० गते

images
images
images

ओम हस्पिटललाई लापरबाही मुद्दामा ५० लाख बढी क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला

ओम हस्पिटललाई लापरबाही मुद्दामा ५० लाख बढी क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला

images
images
शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • उपभोक्ता अदालतले लापरबाही गरेको भन्दै ओम हस्पिटललाई ५० लाख भन्दा बढी क्षतिपूर्ति तिराउने फैसाल गरेको छ । उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चाबहिलस्थित ओम ५० लाख ७० हजार रूपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।

    images
    images

    यो मुद्दा उपभोक्ता अदालतमा दर्ता भएको पहिलो मुद्दा हो जुन २०८० चैत २ गते दर्ता भएको थियो । अदालतले बिहीबार निर्णय सुनाउँदै अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको हो । अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले लापरबाहीबाट भएको क्षतिको ८० प्रतिशत अस्पतालले र बाँकी २० प्रतिशत उपचारमा संलग्न चिकित्सकले वहन गर्नुपर्ने ठहर गरेको छ । चिकित्सकहरूलाई ६ लाख १० हजार रूपैयाँ छुट्टै तिर्नुपर्ने आदेश दिएको छ ।

    यो मुद्दा बुढानीलकण्ठ–९ का बसन्त गौतमले दायर गरेका थिए । उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । बाथरुममा लडेका बाबुको अस्पतालले परीक्षण नगरी सिधै पीडाबाट राहत दिने इन्जेक्सन दिएको र त्यसकै कारण मृत्यु भएको भन्दै बसन्तले ५ करोड क्षतिपूर्तिको माग गरेका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend