images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकको...

विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकको वृक्षरोपण

विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकको वृक्षरोपण

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार (जेठ २९) कैलालीको धनगढीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका निम्ति वृक्षरोपण गरिएको बैंकले जनाएको छ ।विश्व वातावरण दिवस, २०२५ का अवसरमा बृहत् वृक्षरोपण कार्यक्रमअन्तर्गत धनगढीमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ ।

    images
    images

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोग गरिसकेको छ ।बैंकले बुधबार (जेठ २८) रुपन्देहीको वनवाटिकामा वृक्षरोपण गरेको थियो । बुधबारै सुर्खेतको वीरेन्द्रनगरमा पनि वृक्षरोपण गरिएको बैंकले जनाएको छ ।

    सिटिजन्स बैंकले देशैभरका आफ्ना २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend