images

२०८३ आश्विन २० गते

images
images
images

९ महिनामा दुम्किबास पोल्ट्री फार्मले गर्यो ७१ करोडको व्यापार

९ महिनामा दुम्किबास पोल्ट्री फार्मले गर्यो ७१ करोडको व्यापार

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं । दुम्किबास पोल्ट्री फार्मले चालु आर्थिक वर्षको ९ महिनामा ७१ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ, सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ६५ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ४१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    सन् २०१८ मा स्थापना भएको कम्पनीले उच्च गुणस्तरको अण्डा उत्पादन गरी भिजु ब्राउन अण्डा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ५ लाख कुखुराबाट दैनिक ३ लाख अण्डा उत्पादन गर्दै आएको छ ।कम्पनीले अधिकांश कच्चा पदार्थ नेपाली बजारबाट खपत गर्ने गरेको जनाएको छ ।

    सुरेश वैद्य पूर्ण स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७२ करोड ५९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५० करोड ६१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २१ करोड ९७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend