images

२०८३ आश्विन २० गते

images
images
images

क्यूआरमार्फत विदेशीले नेपालमा गरे झन्डै २ अर्बको भुक्तानी

क्यूआरमार्फत विदेशीले नेपालमा गरे झन्डै २ अर्बको भुक्तानी

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौँ । क्रस बोर्डर क्यूआर अक्वायरिङतर्फ विदेशीहरूले अहिलेसम्म एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा भारतको यूपीआई र चीनका अली पे तथा विच्याट मार्फत सो परिमाणमा क्यूआर भुक्तानी प्राप्त भएको हो ।

    images
    images

    राष्ट्र बैँकले गत असोजदेखि अन्तरदेशीय क्यूआर भुक्तानीको तथ्याङ्क प्रतिवेदनमा समावेश गर्न थालेको थियो । राष्ट्र बैँकको तथ्याङ्कअनुसार पहिलो महिना नै १३ करोड ९० लाख रुपैयाँ बराबरको क्यूआर भुक्तानी प्राप्त भएको थियो । त्यसपछि लगातार बढ्दै गएको यस किसिमको भुक्तानी पुस महिनामा ३१ करोड ४० लाख रुपैयाँसम्म पुगेको थियो । त्यसपछि केही घटेको यस किसिमको कारोबार पुनः बढ्ने क्रममा रहेको छ ।

    यो आठ महिनाको अवधिमा विदेशीले ६ लाख १२ हजार ४५१ पटक नेपाली क्यूआर स्क्यान गरी भुक्तानी गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend