images

२०८३ आश्विन २० गते

images
images
images

एकै वर्ष रातोबंगला स्कुलले गर्‍यो पौने ६८ करोडको कारोबार

एकै वर्ष रातोबंगला स्कुलले गर्‍यो पौने ६८ करोडको कारोबार

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं । रातोबंगला स्कुलले एकै वर्ष पौने ६८ करोडको कारोबार गरेको छ । स्कुलले सन् २०२४ मा ६७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।स्कुलले सन् २०२३ मा ५५ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४१ करोड ३० लाख रुपैयाँ, सन् २०२१ मा २८ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ३६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

    images
    images

    स्कुलको पछिल्लो ५ वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष १४ प्रतिशतले कारोबार बढेको पाइएको छ । सन् १९९९ मा स्थापना भएको स्कुलले प्राथमिक तहदेखि १० कक्षासम्मको पठनपाठन गर्दै आएको छ । साथै, क्यामब्रिज इन्टरनेशनल एजुकेशनको ए लेभल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

    सुरुमा सन् १९९२ मा स्कुलले प्राथमिक तहसम्मको पठपाठन गर्दै आएको थियो । त्यसपछि स्कुलले पहिलो पटक सन् १९९८–१९९९ मा १० कक्षाको पठनपाठनको सुविधा प्रदान गरेको थियो । साथै, सन् २००४ देखि भने ए लेभलको कार्यक्रमको सञ्चालन गर्दै आएको छ ।स्कुलमा चार जनाको स्वामित्व छ । स्कुलको अध्यक्ष शान्त दिक्षीत हुन् । त्यस्तै, पाटनढोकामा हाल सञ्चालनमा रहेको स्कुल हात्तीवनमा स्थानातरण गर्ने तयारी भएको छ ।

    images
    images

    विद्यालय स्थानान्तरण गर्न हात्तीवनमा १ अर्ब २० करोड लगानीमा नयाँ भवन बनाउने तयारी भइरहेको स्कुलले जनाएको छ । सोही भवन निर्माणका लागि स्कुलले कर्जा लिने भएको छ । स्कुलले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।नयाँ भवन निर्माणका लागि ६७ प्रतिशत बैंकबाट कर्जा लिई लगानी गर्ने भएको छ भने ३३ प्रतिशत स्कुलले लगानी गर्ने भएको छ।हाल स्कुलमा २ सयभन बढी शिक्षक र एक सयभन्दा बढी अन्य कर्मचारी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend