images

२०८३ आश्विन २० गते

images
images
images

दश महिनाको अवधिमा धान-चामलको आयात बढ्यो, सुनको घट्यो

दश महिनाको अवधिमा धान-चामलको आयात बढ्यो, सुनको घट्यो

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं : पेट्रोलियम पदार्थ,विद्युतीय उपकरण,रासायनिक मल, सुनलगायत वस्तुको आयातमा कमी आएको छ। आर्थिक वर्ष २०८१/०८२ को  दश महिनाको अवधिमा पेट्रोलियम पदार्थ,सुन,विद्युतीय उपकरण,रासायनिक मल,कोइलालगायत वस्तुको आयात घटेको हो।सोही अवधिमा भटमासको कच्चा तेल,चामल/धान,खाने तेल,यातायातका उपकरण,सवारी साधन तथा स्पेयर पार्ट्स,स्पन्ज  आइरनलगायत वस्तुको आयात भने बढेको छ।

    images
    images

    पछिल्लो १० महिनामा कूल वस्तु  आयात १३.१ प्रतिशतले वृद्धि भइ १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत,चीन र अन्य मुलुकबाट भएको आयात क्रमश : ७.९प्रतिशत,१५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ।

    निर्याततर्फ जेश्वर,कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ। आयाततर्फ भैरहवा,विराटनगर,वीरगन्ज,सुख्खा बन्दरगाह,जलेश्वर,कैलाली,कञ्चनपुर,कृष्णनगर,मेची,नेपालगञ्ज,रसुवा,तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयलगायतका सम्पूर्ण नाकाबाट भएको आयातमा वृद्धि भएको हो।समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको  छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २२ अर्ब २ करोड बराबरको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend